२०७८, ५ बैशाख आईतवार
Nepal 1:37:26 pm
Trending
#काेराेना एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधव कुमार नेपाल माधवकुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा रामचन्द्र पौडेल रेशम चौधरी वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
अन्तर्राष्ट्रिय महिला दिवस : नेपालका ५ महिला जो ‘ग्लोबल आइकन’ हुन्
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन २४ सोमबार
  •  
  •  
  •  
  •  

76

यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला दिवस मनाइँदै छ ।

दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय गरिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवस भनिए पनि यसलाई श्रमिक महिला दिवसका रुपमा मनाउनु पर्ने तर्क गरिन्छ ।

क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर दिवस मनाउने प्रचलन रहेकोले पनि यसलाई श्रमिक महिलाको दिवसका रुपमा लिनु पर्ने तर्क अभियन्ताहरुको छ ।

महिला दिवसका अवसरमा हामीले नेपालका स्थापित ५ महिलाको बारेमा चर्चा गरेका छौं :

मुस्कान खातुन

तेजाब हमलामा परेकी मुस्कान खातुनले यो वर्ष अमेरिकी सरकारले दिने एउटा प्रतिष्ठित पुरस्कार पाइन् ।

अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्ड पाउने खातुन अहिलेसम्मकै कान्छीमध्ये एक र नेपालबाट पहिलो महिला हुन्। यसअघि यो पुरस्कार पाकिस्तानमा बालिका शिक्षाका लागि वकालत गर्दै आएकी नोबेल शान्ति पुरस्कार बिजेता मलाला युसाफजाइले पनि पाइसकेकी छन्।

सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरका प्रेम(प्रस्ताव अस्वीकार गरेकोमा तेजाब हमलाको सिकार भएकी थिइन्। उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो। उनको स्वास्थ्यलाभ पीडादायी थियो र आजका दिनसम्म पनि जारी छ।

धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लबी गरिन्। जसले गर्दा नेपाल सरकारले अध्यादेशमार्फत कडा कानुन बनाएको छ । यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण रहेको छ।

सपना रोकामगर

नेपालकी सपना रोकामगर २०२० को विश्वकै प्रेरणादायी र प्रभावशाली महिलाहरूको सूचीमा परेकी छिन् ।

बिबिसीले तयार पारेको सूचीमा नेपालबाट उनी मात्रै परेकी हुन् । यस वर्ष बिबिसीले अप्ठ्यारो स्थितिबीच पनि समाजमा परिवर्तन ल्याउने खालका काम गर्ने एक सय महिलालाई सो सूचीमा समावेश गरेको छ ।

बिबिसीले तयार पारेको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री सान्या मरिनदेखि अवतार र मार्बल सिनेमाकी नायिका मिचेल एओ, कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लगाउने अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धान विभाग प्रमुख सारा गिल्बडए पनि छिन् ।

विद्या देवी भण्डारी, राष्ट्रपति

भोजपुरबाट विद्यार्थी राजनीतिमा उदाएकी विद्या देवी भण्डारी नेपालको प्रथम महिला राष्ट्रपति हुन् । उनी दुई पटक सम्म राष्ट्रपति बन्न सफल महिला हुन् ।

मदन भण्डारीकी श्रीमती समेत रहेकी उनी २०५० सालको चुनावमा कांग्रेसका तत्कालीन सभापति कृष्ण प्रसाद भट्टराईलाई पराजित गरेर संसदीय राजनीतिमा होमिएकी थिईन् ।

गणतान्त्रिक नेपालको पहिलो महिला राष्ट्रपति बन्न सफल उनी एक उदारणीय व्यक्तित्वहुन् ।

वातावरण मन्त्री, रक्षा मन्त्री हुदैँ नेपालकै अभिभावकत्व निर्वाह गर्ने पद राष्ट्रपति बन्न सफल भएकी उनी राजनीतिमा मात्र नभएर पारिवारिक जीवनमा समेत सफल रहिन् ।

अनुराधा कोइराला, समाजसेवी

सामाजिक क्षेत्रमा सफल अनुराधा कोइरालाको जन्म ओखलढुङ्गा जिल्लाको रुम्जाटारमा गुरुङ परिवारमा भएको हो ।

उनका बाबु कर्णेल प्रताप सिंह गुरुङ र आमा लक्ष्मी गुरुङ हुन् । उनी सानै देखि सामाजिक क्षेत्रमा काम गर्न रुचि राख्थिन् ।

विशेषगरी विभिन्न देशमा विभिन्न माध्यमबाट नेपाली चेलीबेटी बेचिदै आएको र सकेसम्म बेच्न नदिने र बेचिएका चेलीलाई उद्धार गर्ने कार्य गर्दै आएको संस्था माइती नेपालको संस्थापक हुन् उनी ।

सिएनए हिरो अवार्ड पाउन सफल कोइराला बागमति प्रदेशको पहिलो गभर्नर समेत भइसकेकी छन्।

पुष्पा बस्नेत

पुष्पा बस्नेत नेपालमा कार्यरत समाजसेवी तथा प्रारम्भिक बाल विकास केन्द्र (ECDC)  र पुतली घर नामक गैह्रनाफामुलक गैह्रसरकारी संस्थाकी संस्थापक/अध्यक्ष हुन।

उनी र उनको संस्थाले विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको सुरक्षा गर्ने काम गर्दछ।

Photo: THT/File

सिएनएन हिरो अवार्ड २०१२ का लागि उनको नाम मनोनयनमा परेपछि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले उनको कामको प्रचार प्रसार गरेका हुन।

जेलमा रहेका मातापिताको सन्तानको अधिकारका लागि कार्यरत पुष्पा बस्नेत २०१२का लागि सिएनएन हिरो घोषित भएकी छिन्।

नेपाली समय अनुसार ३ डिसेम्बर २०१२ ९२०६९ मंसिर १८०का दिन सिएनएनले विश्वभरबाट गरिएको इन्टरनेट भोटिङको परिणाम अनुसार उनलाई सिएनएन हिरो घोषणा गरेको हो। सन २०१६ मा उनी ‘सिएनएन सुपर हिरो’ घोसित भईन।

भर्खरै