
सुनसरी : मोरङ बेलबारी नगरपालिका ७ का २४ बर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ ।
आइतबार राति ९ बजे दुहबी २ मा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना ४ ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा मग्रातीलाई करेन्ट लागेको हो।
ईलेक्ट्रिक क्रेनमा करेन्ट लागेर घाईते भएका उनको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा राति नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।
प्रतिक्रिया