पोखरा, पाटन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

काठमाडौं : सरकारले तीन वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि आवेदन माग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि आवेदन माग गरेको हो ।

स्वास्थ्य मन्त्रालयत अन्तर्गत उपकुलपति सिफारिस समितिको सचिवालयले सोमबार उपकुलपति पदका लागि विज्ञापन खोलेको हो ।

आवेदकले सूचना प्रकाशित भएको ७ दिनभित्र स्वास्थ्य मन्त्रालयको नीति तथा योजना शाखामा दरखास्त दिनुपर्नेछ ।

No description available.

प्रतिक्रिया

TOP