विघटित नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

विघटित नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने जनाइएको छ ।

सर्वाेच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टीलाई विघटन गर्दै साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्यूँताउने फैसला गरेपछि प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्न लागेको हो ।

बैठकमा सर्वाेच्चको फैसलाबारे छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

TOP