संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संसदबाट फिर्ता लिन कांग्रेसको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदमा पेश गर्न लागेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेको छ ।

प्रतिनिधिसभा अधिवेशनको पहिलो बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेश गर्ने कार्यसूची रहेकोमा कांग्रेसले आपत्ति जनाएको हो ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले अध्यादेश फिर्ता लिन आग्रह गरे । उनले संविधानको मर्म विपरीत ल्याइएको अध्यादेश फिर्ता लिनुपर्नेमा जोड दिए।

त्यस्तै सचेतक पुष्पा भुसाल गौतमले अध्यादेशमार्फत मुलुकलाई नियन्त्रण गर्न खोजेको भन्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन माग गरिन् ।

‘सरकारले अध्यादेशमार्फत मुलुकलाई नियन्त्रण गर्न खोज्यो । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति छ ।

संवैधानिक परिषद्मा सरकारले नियुक्ति गर्ने होइन, राज्यले सिफारिस र नियुक्त गर्ने व्यवस्था हो,’ सचेतक भुसालले भनिन्, ‘आज प्रस्तुत गरिएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन प्रमुख प्रतिपक्षी दल आग्रह गर्दछ । यसलाई स्वीकार गर्दैन ।’

प्रतिक्रिया

TOP