अर्कैका नाममा दर्ता छन्, एमाले र माओवादी केन्द्र

सर्वाेच्च अदालतले ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी खारेज गर्दै साविकै नेकपा एमाले र माओवादी केन्द्र ब्यूताउने फैसला गरेको छ ।

तर एमाले र माओवादी केन्द्र भने निर्वाचन आयोगमा अर्कैको नाममा दल दर्ता भइसकेका छन् ।

नेकपा एमाले सन्ध्या तिवारीको अध्यक्षतामा दर्ता भइसकेको छ भने नेकपा माओवादी केन्द्र गोपाल किरातीले दर्ता गरेका हुन् ।

अघिल्लो वर्ष असार १२ गते तिवारीले दल दर्ताका लागि आयोगमा निवेदन दिएकी थिइन्।

भदौ ३ गते निर्वाचन आयोगले दर्ता गर्ने निर्णय गरेको थियो ।

उक्त दललाई पहाडबाट उदाउँदै गरेको सूर्य चुनाव चिन्ह दिइएको थियो ।

नेकपा एमालेसँगको एकता घोषणापछि नेता गोपाल किरातीले २०७४ सालमै नेकपा माओवादी केन्द्र पुनर्गठन गर्ने घोषणा गरेका थिए।

पछि उनले सोही नाममा निर्वाचन आयोगमा पार्टी दर्ता गरे ।

यसले गर्दा एमाले र माओवादी केन्द्र ब्यूताउने सर्वाेच्चको फैसलाले थप कानुनी जटिलता ल्याइदिएको छ ।

प्रतिक्रिया

TOP