संसद भवन पुगे प्रधानमन्त्री ओली, सर्वाेच्चको फैसलाले मख्ख

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।

चार बजे सुरु हुने प्रतिनिधि सभा अधिवेशनमा सहभागि हुन प्रधानमन्त्री ओली संसद भवन पुगेका हुन् ।

सर्वाेच्च अदालतले नेकपा पार्टी नै खारेज गरिदिएपछि ओली अब नेकपा एमालेका अध्यक्ष बनेका छन् ।

नेकपाभित्रको विवाद फुटको संघारमा पुगेका बेला सर्वाेच्चले साविककै एमाले र माओवादी केन्द्र ब्यूताउने फैसला गरेको हो ।

ओली सर्वाेच्चको फैसलाले खुसी भएको बताइएको छ ।

संसद भवन प्रवेश गर्ने बेलामा पनि ओली निकै खुसी देखिन्थे ।

प्रतिक्रिया

TOP