त्रिवि शिक्षण अस्पतालमा खोप लगाउनेको उत्साहजनक सहभागिता (फोटोसहित)

काठमाडौं : ६५ वर्ष माथिका जेष्ठ नागरिकका लागि आजबाट सुरु भएको कोरोना खोप अभियानमा उत्साहजक सहभागिता देखिएको छ ।

सरकाले ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप अभियान आजबाट सुरु गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान .महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर कोभिड –१९ खोप लगाएर अभियानको सुवात गरेका हुन् ।

उनले खोप लगाइसकेपछि आम सर्वसाधारणलाई ढुक्क भएर खोप लगाउन आग्रह गरे ।

अस्पतालमा कोरोना विरुद्धको खोप लगाउन ६५ वर्ष मापथका जेष्ठ नागरिकको भीड देखिन्छ ।

बिहान ११ बजेसम्म अस्पताल परिसरमा कोरोना खोप लगाउनेको संख्या उल्लेख्य भइसकेको थियो ।

उनीहरुले हातमा परिचयपत्र बोकेका थिए । खोप लगाउन निकै उत्साहित उनीहरु लाइन लागेर आफ्नो पालोको प्रतिक्षामा थिए ।

लाइन व्यवस्थित गर्न अस्पतालले स्वयम्सेवक खटाएको छ ।

स्वास्थ्य मन्त्रालयले दोस्रो चरणमा खोप अभियानका लागि देशभर ६ हजार खोप केन्द्रबाट करिब

१८ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने लक्ष लिएको छ। काठमाडौंमा ३९ वटा खोप केन्द्र तोकिएको छ।

हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ मन्त्रालयले जनाएको छ। ।

सरकारले यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिसकेको छ ।

आज सुरु भएको अभियानमा ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकले बिहान १० देखि बजेदेखि बेलुका ५ बजेसम्म १० दिन कारोनाविरुद्धको खोप लगाउन सक्नेछन् ।

No description available.
No description available.
No description available.
No description available.
No description available.

प्रतिक्रिया

TOP