भारतबाट आइपुग्यो ३ लाख ४८ हजार डोज कोरोना खोप

काठमाडौं : भारतबाट थप ३ लाख ४८ हजार डोज कोभिड-१९ विरुद्दको खोप आइपुगेको छ।

कोभ्याक्स फ्यासिलिटी अन्तर्गत प्राप्त गरेको कोभिडविरुद्धको खोप नेपाल आइपुगेको हो ।

नेपालले कोभ्याक्स फ्यासिलिटी अन्तरगत नेपालले निःशुल्क रुपमा उक्त खोप पाएको हो ।

नेपालले आज कोभ्याक्स फसिलिटी अन्तर्गत प्राप्त हुने कोभिड- १९ विरुद्धको खोपमध्ये पहिलो चरणको खोप प्राप्त गरेको हो।

सन् २०२१ को मे महिना सम्ममा कोभ्याक्सले नेपाललाई प्रदान गर्ने १९ लाख २० हजार मात्रा खोप मध्ये पहिलो चरणमा आज सेरम इन्स्टिट्युट अफ इन्डिया (एसआईआई) द्वारा उत्पादित ३,४८,००० मात्रा अस्ट्राजेनेका खोपका साथै ३५०,००० थान सिरिन्ज र ३,५०० थान सुरक्षित खोप बाकस काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ग्रहण गरे ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्सले नेपालको खोप लगाउने जनसंख्यामध्ये २० प्रतिशतलाई पुग्ने गरी एक करोड ३० लाख डोज खोप उपलब्ध गराउने छ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने भएका छन् ।

प्रतिक्रिया

TOP