
काठमाडौं : नेकपा प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेता परिवर्तन गरिएको जानकारी संसद सचिवालयलाई दिएका छन् ।
केहीबेर अघि सभामखु अग्निप्रसाद सापकोटालाई भेटेका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका शीर्ष नेताहरुले संसद सचिवालयका महासचिव भरत पौडेललाई पनि भेटेका छन् ।
उनीहरुले ११५ सांसदको उपस्थितिमा संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको जानकारी गराएका छन् ।
प्रतिक्रिया