
काठमाडौं : सर्वाेच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी नेकपा नामको आधिकारीताको विषयमा फैसला सुनाउँदै छ ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय आज दिने भएको हो ।
यसअघि बिहीबारका लागि फैसलाको मिति तोकिएपनि उक्त दिन अदालत बन्द भएपछि आजका लागि पेशी तोकिएको हो ।
न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा नेपाल कम्युनिष्ट पार्टी नेकपा ले आफ्नो पार्टीसँग नाम जुधाएको विवादमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएपछि फैसला सुनाउने मिति तोकिएको हो ।
नेकपाका अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ साल जेठ ३ मा एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नाममा निर्वाचन आयोगमा दल दर्ता भएकाविरुद्ध रिट निवेदन दायर गरेका थिए। ।
अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा उतिबेलै त्यसविरुद्ध उजुरी दिए पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पक्षमा निर्णय गरेको थियो ।
हाल ओली र दाहाल पक्षबीचमा पनि विवाद देखिएका बेला आयोगको यस मुद्धाको फैसला अर्थपूर्ण हुन सक्नेछ ।
आयोगको उक्त निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते रिट दायर गरेका थिए।नाममा तीन वटा राजनीतिक दल खोलिएका छन् ।
तीन वटै दलले आफू नै आधिकारिक भएको दावी गर्दै आएका छन् । त्यतिमात्रै होइन, यी सबै दलले नेकपाकै नाममा राजनीतिक गतिविधि गर्दै आएका छन्।
त्यसमध्ये एउटा नेकपा सत्तामा छ, अर्को नेकपा भूमिगत राजनीति गर्दै आएको छ भने तेस्रो नेकपा शान्तिपूर्ण राजनीतिमा भएपनि राष्ट्रिय राजनीतिमा खासै दृश्यमा देखिदैन ।
रोचक त के छ भने सत्तामा रहेको नेकपा पनि यतिबेला दुई समूहमा विभाजित छ ।
एउटा नेकपाको नेतृत्वको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को नेकपाको नेतृत्व प्रचण्ड नेपालले गर्दै आएका छन् ।
यी दुई नेकपाबीच पनि आधिकारिताको लडाइँ जारी छ ।
प्रतिक्रिया