तरुण दल तिलोत्तमा नगरसमितिले आयोजना गरेको फुटसलमा वडा-४ विजयी

बुटवल : नेपाल तरुण दल, तिलोत्तमा नगर समितिले सञ्चालन गरेको फुटसल प्रतियोगिताको उपाधि वडा नं. ४ ले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा वडा नं ४ ले वडा नं. १ लाई पराजित गरेको हो ।

निकै रोचक भएको खेल ट्राइबेकरबाट विजेताको टुंगो लागेको हो ।

वडा नं. ४ ले ३ २ गोलको अन्तरले जित हासिल गरेको हो ।

फागुन २० गतेदेखि सञ्चालन भएको प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा वडाका तरुण टिमहरुले भाग लिएको तिलोत्तमा तरुण दल अध्यक्ष खेम क्षत्रीले बताए।

प्रतियोगिताको उपाधि विजेतालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले प्रमाणपत्रसहित पुरस्कार प्रदान गरे ।

विजेताले नगद ३० हजार रुपैयाँ, उपाधि कप, मेडल, प्रमाणपत्र र उपविजेताले नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र पाएका थिए ।

विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीको सम्मान सर्वाधिक गोलकर्ता वडा नं. १ का अतीत रानाले हात पारे ।

प्रतिक्रिया

TOP