
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अञ्जन विष्ट, आयुष घलान, किरण चेम्जोङ, मनिष डाँगीलगायतका खेलाडी र समर्थकलाई नाईं भन्न नसकेर नेपाल फर्किएको बताएका छन् ।
साफ च्याम्पिनसिपका दौरान नेपाल नफर्किने घोषणा गरेका अल्मुताइरीले दशरथ रंगशालामा आज आयोजित पत्रकार सम्मेलनमा भने, ‘मैले अञ्जन, आयुष, मनिषसँगै मेरो टीमका सदस्यहरू किरण (श्रेष्ठ), विकास (मल्ल)सँगै नेपाली समर्थकले मलाई दिएको मायाले गर्दा नाईं भन्न नसकेर नेपाल फर्किएँ ।’ अल्मुताइरी र अखिल नेपाल फुटबल संघबीच आजै औपचारिक रुपमा सम्झौता पनि भएको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी एन्फासँग तीन बर्षको सम्झौता गरेसँगै गत शनिबार नेपाल आईपुगेका हुन् ।
१० कात्तिक (बुधबार) प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई ‘मेन्सन’ गर्दै सम्झौता नवीकरण गरेको जनाएका थिए ।
अल्मुताइरीको प्रशिक्षणमा नेपाल साफ फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भएको थियो । फाइनल अघिनै राजीनामा दिएका अल्मुताइरी नेपाल नफर्की कतारमै रहेका थिए ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?