
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई छिट्टै आफ्नो पार्टीमा स्वागत गर्न आतुर रहेको बताएका छन्।
उनले विप्लव आफ्नै बाटोमा आएको उल्लेख गर्दै अब पार्टीमा स्वागत गर्ने पखाईमा रहेको बताएका हुन् ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘विप्लव अन्ततोगत्वा हाम्रै पार्टीकै बाटोमा मैले कोरेकै गोरेटोमा आइपुग्नु भएको छ । उहाँलाई धन्यवाद भन्न चाहन्छु’, प्रचण्डले भने, ‘छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको छु ।’
प्रचण्डले विप्लव यही लाइनमा आउने विश्वाससमेत व्यक्त गरे ।
उनले कम्युनिस्ट आन्दोलन समाजवादको बाटोमा अगाडि बढेको समेत बताए ।
उनले कम्युनिस्ट राम्रो भए पनि यो बिग्रिएमा दुगन्धित हुने बताए ।
प्रतिक्रिया