धनगढीको फर्निचर सोरुममा भीषण आगलागी

धनगढी : कैलालीको धनगढीमा एक फर्निचर पसलमा आगलागी भएको छ।

शनिबार दिउँसो सवा १२ बजे धनगढी अत्तरीया सडकमा पर्ने फर्निचर पसलमा आगलागी सुरु भएको हो।

धनगढी उपमहानगरपालिकाको वारुण नियन्त्रणले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। तर आगो नियन्त्रणमा आउन सकेको छैन । आगो अझै नियन्त्रणमा आइसकेको छैन ।

धनगढीको आयलनिगमको मुख्य डिपोदेखि नजिकै रहेको फर्निचर शोरुममा आगलागी भएकोले स्थानीयहरु त्रशित भएका छन् । आगलागीबाट लगभग २० मिटर टाढा सिटी अस्पताल रहेको छ।

करिव १०० मिटर लामो शोरुमको पूरै खण्डमा आगो सल्किएकोले नियन्त्रणमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणको प्रयासमा घटनास्थलमा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय लागिपरेका छन् ।

प्रतिक्रिया

TOP