
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलले प्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण र दूरगामी महत्वका कामहरु गरेको दावी गरेका छन् ।
उनले प्रधानमन्त्री ओलीले गरेका कामले मुलुकको जीवनमा असाधारण र दूरगामी महत्व राख्ने दावी समेत गरे ।
उनले शनिबार प्रधानमन्त्री ओलीले गरेका कामहरु सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
ओलीको नेतृत्वमा राम्रा काम हुँदा पनि उनलाई चौतर्फी घेराबन्दी भइरहेको मुख्यमन्त्री पोखरेलको भनाई छ ।
‘पार्टी एकता संकटग्रस्त बनेको छ । राष्ट्रिय राजनीति पुनः अस्थिर र अन्योलग्रस्त बनाइँदैछ,’ उनले भने, ‘सबैपक्ष गंभीर र जिम्मेवार बनौ ।’
मुख्ममन्त्री पोखरेलको नजरमा यी हुन् प्रधानमन्त्रीका दूरगामी महत्वका कामहरु
1.विश्वास गुमेको अवस्थामा संविधानसभावाट नयाँ संविधानको निर्माण,
2.जातिय क्षेत्रिय अतिवाद र विखण्डनवादको वैचारिक रुपमा सामना,
3. भारतिय नाकावन्दीको सामना र सफलता,
4.चिनसंगको ऐतिहासिक पारवान संझौतावाट भविष्यमा नाकावन्दी नहुने परिस्थितिको निर्माण,
5. नेकपा(एमाले)को नेता भएपछि पार्टीको लोकपृयतामा वृद्धि,
6. सफल चुनावी गठवन्धन र ऐतिहासिक पार्टी एकताको नेतृत्व,
7.भारत र चिनसंगको सम्वन्धलाई नयाँ आयाम दिने प्रयास,
8. अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज सुनिने अवस्थाको सिर्जना,
9. सन् १९५०को असमान सन्धीको पुनरावलोकनमा सैद्धान्तिक सहमती,
10. पूर्वधार विकासमा तिव्रता,
11. रणनीतिक विकास आयोजनाहरु(रेलमार्ग, जलमार्ग,हवाई यातायात, सुरुङमार्ग, उत्तरदक्षिण करिडोर, खानी अन्वेषण र उत्खननको तयारी आदी) को थालनी,
12. सामाजिक सुरक्षामा नयाँ आयाम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम,
13. विप्लव र सिके राउतसंगको ऐतिहासिक शान्तिवार्ताको नेतृत्व,
14. छोटो समयमा नयाँ संविधानको सफल कार्यान्वयन र आम स्विकारोक्तिको निर्माण,
15. तराई मधेसको विकासमा तिव्रता,
16. प्राविधिक शिक्षामा जोड र विद्यार्थी भर्ना दरमा उल्लेख्य वृद्धि,
17. सडक मानवरहीत अभियानको नेतृत्व,
18. स्वास्थ पुर्वाधार विकासमा क्रान्ति,
19. कोभिड- १९ महामारीको सफलतापूर्वक सामना आदी ।
प्रतिक्रिया