
सुनसरी : सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।
मंगलबार साँझ सुनसरीको सोनापुर चौकस्थित कोशी राजमार्गमा प्रदेश १-०२-००२ च ३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको हो ।
घाइते भएकी चौधरीको राति १२ बजे नोवेल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
एम्बुलेन्स र चालक पाँचथर तुम्बेवा बस्ने चन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया