२०७८, ५ बैशाख आईतवार
Nepal 1:37:26 pm
Trending
#काेराेना एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधव कुमार नेपाल माधवकुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा रामचन्द्र पौडेल रेशम चौधरी वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
नम्रताले पाएको ‘नयाँ जीवन’ : ह्वीलचियरमा आएकी थिइन्, अहिले आफै हिड्न सक्ने भइन्
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन २२ शनिबार
  •  
  •  
  •  
  •  

525

काठमाडौं : काठमाडौंको सोल्टीमोडमा रहेको स्पार्क हेल्थ होममा काभ्रे घर भएकी नम्रता तामाङ डेढ महिनादेखि उपचाररत छन् ।

परिवारको सहयोगमा ह्वील चियरको सहारामा स्पार्क हेल्थ पुगेकी नम्रताको स्वास्थ्यमा अहिले भने निकै सुधार आइसकेको छ ।

टाउकोको बायाँ साइडमा रगत जमेर शरीरको आधा भाग नै नचल्ने अवस्थामा उनी यहाँ आएकी थिइन् ।

तर अहिले उनलाई ह्वील चियरको सहारा चाहिदैन । बिस्तारै हिड्न सक्ने भएकी छन् ।

‘ह्वील चिएरमा आएकी थिए । अहिले हिड्न सक्ने भएकी छु, अलि हुत्तिन्छु कि भनेर समात्नु पर्छ अनि हात चलाउन थोरै गाह्रो हुन्छ । अरु सुधार आएको छ,’ उनले आफ्नो स्वास्थ्य अवस्था सुनाइन्।

अत्यधिक प्रेसर बढेकाले नम्रताको शरीरको आधा भाग नचल्ने भएको फिजियो थेरापिष्ट रुबी अमात्य बताउँछिन्।

उनी भन्छिन्, ‘साइड इफेक्ट हुन्छ भनेर औषधि खादैनन्, औषधि नखाँदा त्यसको असर अझ बढी हुन्छ भन्ने कुरा धेरैले बुझेकै छैनन ।’

चिकित्सकका अनुसार नम्रता अस्पतालमा पुग्दा उनको शरिरको एक भाग चल्दैन थियो भने टाउको सिधा राख्न पनि गाह्रो थियो ।

फिजियो थेरापिष्ट अमात्यका अनुसार इलेक्ट्रोनीक थेरापीका साथै अकुपन्चर थेरापीबाट उनको स्वास्थ्यमा सुधार आएको हो ।

‘उहाँको परिवारले पनि सहयोग गर्ने र आफू पनि निकै आत्मविश्वासी भएकोले उहाँ छिटो निको हुनु भयो । हामीले सिकाए अनुसार उहाँ र उहाँका परिवारले निकै मेहनत गर्नुहुन्छ त्यसैको असर छिटो देखिएको हो,’ अमात्य भन्छिन्

कसरी भयो घटना ?

काभ्रे जिल्लाको नमोवृद्ध नगरपालीकामा जन्मिएकी नम्रता पेसाले शिक्षिका थिइन् । ६ वर्ष अघिसम्म घरबाट ४/५ घण्टा हिडेर उनी स्कुल पढाउने गर्थिन् ।

उनी आमा बनेपछि शिक्षण पेशा छोडिन । किनकि नवजात शिशु छोडेर ४/५ घण्टाको बाटो विद्यालय पुग्न सजिलो थिएन । त्यसमा पनि गाउँ नजिकै अस्पताल थिएन ।

बच्चा विरामी हुँदा उपचार गर्ने ठाउँ पनि नभएपछि नम्रताको परिवार काठमाडौं बसाई सर्ने निर्णयमा पुग्यो । उनीहरु काठमाडौको जडीबूटीमा बस्न थाले ।

सधै जस्तै पुस १२ गते साँझ पनि नम्रता आफ्नी आमा र छिमेकीसँग जडीबूटी चोकतिर घुम्न गइन् । कोठामा पुग्दा अध्यारो भइसकेको थियो । उनकी ६ वर्षकी छोरी कोठामा खेलिरहेकी थिइन् ।

कोठाको बत्ति बिग्रिएको धेरै भइसकेको थियो । बत्तिको होल्डर चलाएपछि मात्र बत्ति बल्ने भएकाले उनले किचन¥याकमाथि चढेर बत्ति बालिन् ।

तर भूइँमा झर्ने बेला शरिरले सन्तुलन गुमाउँदा लडिन् ।

एउटा हातले टेबुलमा टेकिन् । शरिरको भार त्यही हात तिर परेकाले उनलाई पीडा महसुस भयो । हात निकै दुख्यो ।

बिस्तारै उनको आधा शरिर नै नचल्ने र टाउको पनि सिधा पार्न नसक्ने भइन् ।

केहीछिन् अघि मात्रै चोकतिर डुलेर आएकी नम्रताको अवस्था अर्कै देखेपछि परिवारका सदस्य आत्तिए ।

तत्कालै पाटन अस्पताल पु¥याइयो । अस्पतालले त्यहाँ उपचार गर्न नसकिने भन्दै अर्को अस्पताल जान भन्यो ।

माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पु¥याइयो । त्यहाँ जाँच गर्दा उनको टाउकोमा हल्का रगत जमेको देखियो ।

अस्पतालले तत्कालै शल्यक्रिया गर्न नपर्ने भन्दै औषधि र थेरापीबाट निको पार्न सकिने सुझायो ।

थेरापीका लागि राम्रो ठाउँ खोजि भइरहेकै बेला विदेशमा रहेका नम्रता भाईले स्पार्क होमको नाम सुनाए । थेरापीका स्पार्क होम राम्रो छ भन्दै त्यहाँ लैजान आग्रह गरे ।

भाइको आग्रह अनुसार परिवारले नम्रताई स्पार्क होम पु¥याए ।

ह्वील चियरमा अस्पताल पुगेकी नम्रता सिधा बस्न पनि नसक्ने अवस्थामा थिइन् ।

स्वास्थ्यमा सुधार

डेढ महिना देखि उपचारत नर्मताको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ । ह्वील चिएरमा आएकी उनी अहिले हिड्न र आफै बस्न सक्ने भएकी छन्।

अस्पतालमा जुन आशा लिएर परिवारले ल्याएका थिए, त्यस्तै पाइन् नर्मताले ।

‘मैले र मेरो परिवारले जुन आशा लिएर आएका थियौँ । निराश हुन परेको छैन । अहिले म हिड्नसक्छु त्यसैले खुसी छु । म मात्र होइन, अस्पतालमा आएका प्राय बिरामीलाई निराश भएर फर्कनु परेको छैन । म आइसकेपछि पनि धेरै जना निको भएर घर फर्किनुभएको छ ।’

चिकित्सको उचार र आफ्नो आत्मविश्वासले छिटो रोगमुक्त हुन सकिन्छ

बिरामीले अस्पतालको मात्र भर पर्नु हुँदैन। चिकित्सकको सल्लाह अनुसार विरामी चल्नुपर्दछ ।

‘चिकित्सकको सुझावको विरामीले पालना गर्न सके छिटो निको हुन्छ,’ नम्रताको अनुभव छ, ‘निको हुनलाई ५० प्रतिशत अस्पतालको हात हुन्छ अनि आधा त विरामीमै भर पर्छ ।’

उनले आफूजस्तै समस्या भएका बिरामीलाई स्पार्क होमको सेवा लिन उनले आग्रह गरिन् ।

अस्पतालका कर्मचारीहरुको व्यवहार, चिकित्सकको सहि उपचार र आफ्नो मेहनतले आफूले फेरी नयाँ जीवन पाएको नम्रता बताउँछिन् ।

उनि भन्छिन्, ‘यहाँ उपचार त राम्रो गर्नु नै हुन्छ, त्यसमाथि डाक्टर, नर्स र अरु सबै कर्मचारीको व्यवहार पनि उत्तिकै राम्रो छ ।

बिरामीलाई अस्पतालको राम्रो व्यवहारले आधा रोग निको हुन्छ उहाँहरुको सहयोगले गर्दा म निको भएको छु ।’

भर्खरै