
काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको पानीलाई बागमति नदीमा मिसाइने भएको छ ।
फागुन १० गते परीक्षणका लागि सुरुङमा हालेको पानी आज सुन्दरीजल पुग्ने र त्यसलाई बागमतिमा मिसाइने आयोजनाले जनाएको छ ।
आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ ।
सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ ।
सुरुङबाट आएको पानी सुरुमा बागमतीमा फालिने छ ।
सुरुङभित्रको फोहोरसहित पानी आउने भएकोले सुरुको पानी बागमतीमा फाल्न लागिएको हो ।
पानी आजै सुन्दरीजल आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन तथा अनुगमनका लागि त्यहाँ पुग्ने कार्यक्रमसमेत रहेको छ ।
आज अपराह्न ४ बजे प्रधानमन्त्री सुन्दरीजल जाने कार्यक्रम तय भएको छ ।
सुरुङको अवस्था ठीक भएपछि पानी वितरण प्रणालीमा जोडिने छ । तर आयोजनाका अनुसार त्यका लागि अझै केही समय फर्खिनु पर्नेछ ।
प्रतिक्रिया