त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौँ : खराव मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

शनिबार बिहानैदेखि लागेको हुस्सु र कुहिरोका कारण उडान प्रभावित भएका हुन् ।

त्रिभुवन विमानस्थलका टर्मिनल ड्युटी अफिसरका अनुसार भिजिबिलिटी ३ सय मिटरभन्दा कम भएकाले उडानमा समस्या भएको हो ।

मौसमको प्रतिकुलताकै कारण कुनमिङबाट काठमाडौं आउँदै गरेको हिमालय एयरलाइन्सको उडान होल्डमा रहेको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार विराटनगर, भरतपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यका उडानमा पनि ढिलाइ भएको छ ।

घाम लागेपछि बिस्तारै भिजिबिलीटी बढ्दै जाने र त्यसपछि मात्रै उडान सुरु हुने पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया

TOP