कम्युनिस्ट पार्टीको नेतृत्वमा कांग्रेस सरकारमा जाँदैन : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी र जनतालाई हित हुनेगरी कांग्रेसले निर्णय लिने बताएका छन् ।

नेपाल डेमोक्रेटिक लयर्स एशोसियशनले आज आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र नेपाली कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा उनले कांग्रेस संवेदनशील भएर अगाडि बढ्ने बताएका हुन् ।

‘कांग्रेस कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकारमा जाँदैन’, उनले भने ।

सर्वोच्च अदालतले संसद् विघटनको विषयमा गरेको फैसला कांग्रेसलाई स्वागतयोग्य भएको उनको भनाइ थियो ।

कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस प्रतिनिधिसभाको निर्वाचन गराउनका लागि सरकारमा जानुपर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले नेपाल कम्युनिस्ट पार्टी विधिवत रुपमा नफुटेसम्म कांग्रेस सरकारमा जान नहुने बताए ।

केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानले दिएको अधिकारअनुरुप नै कांग्रेस संसद्मा प्रस्तुत हुने बताए । कांग्रेस नेता दीपक खड्काले वर्तमान सरकारले लोकतन्त्र र संविधानलाई धरापमा पार्दै लगेको भन्दै यसको रक्षाका लागि कांग्रेस लाग्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया

TOP