
काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र नेत्रविक्रम चन्द विप्लवबीचको सहमतिमा हतियार बुझाउने विषय समावेश नभएकोमा प्रश्न उठाएका छन् ।
उनले भनेका छन्, ‘प्रचण्ड आउँदा खोलाले बगायो थोरै हतियार, विप्लव आउँदा पूरै ? राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोइ?’
शर्माले यसअघि पनि कम्युनिस्ट पार्टीहरुका विद्रोह र शान्ति वार्ताको सन्दर्भ निकाल्दै कम्युनिस्ट दर्शनका नाममा कोही नेपाली नमारिने उद्घोष गर्नुपर्ने तर्क राखे ।
शर्माले यस प्रश्नको जवाफ सिंगो मुलुकले नै खोजिरहेको बताए ।
उनले अघि भनेका छन् ‘सहमतिलाई स्वागत । ०२८ मा केपी-सिपी, ०५२ मा प्रचण्ड-बाबुराम, अहिले विप्लव-प्रकाण्ड । रेड बुक, नाम र काम उस्तै, परिणाम उस्तै ! नेपालको पूरै कम्युनिस्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्न-कम्युनिस्ट दर्शनका नाममा कोही नेपाली अब मारिने छैनन्, साझा उद्घोष गर्ने बेला भएन कमरेडहरु?’
प्रतिक्रिया