
काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।
शुक्रबार ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षमा बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो ।
प्रचण्ड-माधव समूहको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद गरी १११ जना सहभागी भएका थिए ।
योगेश भट्टराईसहित ४ जना भने विभिन्न कारणले शुक्रबारको बैठकमा सहभागी हुन नपाएको यो समूहले जनाएको छ ।
प्रचण्ड माधव समूहले गत पुसमा नै संसदीय दलको बैठक बसेर प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको बताएको थियो ।
प्रतिक्रिया