
कामाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांक अनुसार अनलाइन सेयर कारोबार प्रणालीमा आवद्ध हुने लगानीकर्ताको संख्या ४ लाख नाघेको छ।
फागुन २० गतेको नेप्सेको तथ्यांक अनुसार अनलाइन सेयर कारोबार प्रणालीमा आवद्ध हुने लगानीकर्ताको संख्या ४ लाख ४५ हजार ३ सय ५३ पुगेको छ।
यसमध्ये २ लाख २२ हजार ५ सय ६९ जना सक्रिय अनलाइन प्रयोगकर्ता रहेका छन्। यस्तै, ब्रोकरमार्फ कारोबार गर्ने सक्रिय लगानीकर्ताको संख्या ५ लाख ९४ हजार ८ सय ७९ पुगेको छ।
अनलाइनको युजर नेम र पासवर्ड लिएर कारोबार गर्नेमा सबैभन्दा धेरै संख्या नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) मा रहेको छ।
यस कम्पनीबाट ४१ हजार ९ सय २ जनाले अनलाइन लगइन लिएको तथ्यांक छ । जसमध्ये २१ हजार १ सय ८५ जना सक्रिय प्रयोगकर्ता रहेका छन् ।
यस्तै, सनि सेक्युरिटीजबाट २७ हजार ६६९ जनाले अनलाइन प्रयोग गरेका छन्।

प्रतिक्रिया