नेकपा महासचिव विप्लव बालुवाटारमा, प्रधानमन्त्री ओलीसँग ‘वान टु वान’ वार्ता

काठमाडौं : नवलपरासीबाट काठमाडौं आइपुगेका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

\उनी काठमाडौं पुगेको केही समयपछि पार्टीका तर्फबाट वार्ता टोली सदस्य सहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

उनले बालुवाटारमा प्रधानमन्त्रीसँग एक्ले भेटेको बालुवाटार स्रोतले जनाएको छ ।

बिहीबार विप्लव समूह र सरकारबीचको वार्ता सफल भएपछि विप्लव आज काठमाडौंमा आएका हुन् ।

आज राष्ट्रिय सभा गृहमा विप्लव र प्रधानमन्त्री ओलीले सहमति पत्रमा हस्ताक्षर गर्ने र समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिवन्ध हटाएपछि विप्लव आज बिहान नवलपुरको देवचुलीबाट सार्वजनिक भएका थिए ।

उनी त्यहाँ शहिद परिवारलाई भेटेको तस्विर सामाजिक सञ्जालमा देखिएका थिए ।

विप्लवलाई प्रहरीले स्कटिङ गरेर काठमाडौं ल्याएको हो ।

भूमिगत राजनीति गर्दै आएको विप्लव समूहले अब शान्तिपूर्ण राजनीतिमा आउने प्रतिवद्धता जनाएको छ ।

सरकारले पनि पक्राउ परेका विप्लव समूहका नेता कार्यकर्तालाई रिहाई गर्न थालेको छ ।

्र

प्रतिक्रिया

TOP