
काठमाडौं : एक हप्तामा सुनको भाउ प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज घटेर प्रतितोलाको ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मुल्य तोलाको ८८ हजार ३ सय ५० रुपैयामा कारोबार भएकोमा आज ८५ हजार १ सय ५० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएको छ । एक हप्तामा चाँदीको मुल्य ८५ रुपैयाले घट्एको छ।
यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ८६ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
तेजावी सुनको भाउ तोलाको ८६ हजार ५० सय रुपैयाँ निर्धारण भएको थियो ।चाँदीको भाउ प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया