
काठमाडौं : नेत्रविक्रम चन्द विप्लव काठमाडौं आइपुगेका छन् । उनी केही बेरअघि काठमाडौं आइपुगेको प्रहरी स्रोतले जनाएको छ ।
बिहीबार विप्लव समूह र सरकारबीचको वार्ता सफल भएपछि विप्लव आज काठमाडौंमा आएका हुन् ।
आज दिउँसो दुई बजे राष्ट्रिय सभा गृहमा विप्लव र प्रधानमन्त्री ओलीले सहमति पत्रमा हस्ताक्षर गर्ने र समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिवन्ध हटाएपछि विप्लव आज बिहान नवलपुरको देवचुलीबाट सार्वजनिक भएका थिए ।
उनी त्यहाँ शहिद परिवारलाई भेटेको तस्विर सामाजिक सञ्जालमा देखिएका थिए ।
विप्लवलाई प्रहरीले स्कटिङ गरेर काठमाडौं ल्याएको हो ।
भूमिगत राजनीति गर्दै आएको विप्लव समूहले अब शान्तिपूर्ण राजनीतिमा आउने प्रतिवद्धता जनाएको छ ।
सरकारले पनि पक्राउ परेका विप्लव समूहका नेता कार्यकर्तालाई रिहाई गर्न थालेको छ ।
प्रतिक्रिया