
नवलपुर : नेपाल कम्यूनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक भएका छन् ।
उनी शुक्रबार बिहान नवलपुरको देवचुली १२ बाट सार्वजनिक भएका हुन्।
सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएपछि विप्लव सार्वजनिक भएका हुन् ।
सरकारले बिहीबार विप्लव समूहमाथि लगाएको प्रतिवन्ध हटाएको थियो।
आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव एकै मञ्चमा देखिनेछन् ।
दुवै नेताले सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक गर्नेछन् भने कार्यक्रमलाई सम्बोधन पनि गर्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहका एवं सरकारकातर्फबाट वार्ता कमिटि सदस्य डा. राजन भट्टराईले जानकारी दिए ।
कार्यक्रम दिउँसो दुई बजे राष्ट्रियसभा गृहमा हुनेछ ।
विप्लवले नवलपुरमा शहिद परिवारलाई भेटेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया