
काठमाडौं : भारत सरकारले बुटवलस्थित श्री नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि ४ करोड ४१ लाख रुपैयाँ अनुदान सहयोग गरेको छ ।
रुपन्देही जिल्ला बुटवल वडा नं. ११ नहरपुर स्थित विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बुटवल उप-महानगरपालिकाबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’ अनुरुप ‘नेपाल–भारत मैत्री विकास साझेदारी’ अन्तर्गत ४.४१७ करोडको लागतमा उक्त नयाँ भवनको निर्माण हुने भारतीय दूतावासले जनाएको छ ।
सन् १९७१ मा स्थापना भएको विद्यालयमा प्लस-टु तहको शिक्षा तथा व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन हुँदै आएको छ ।
हाल विद्यालयमा ११२७ विद्यार्थीमध्ये ५० प्रतिशत छात्रा अध्ययनरत छन् ।
प्रतिक्रिया