
नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्तसँग भेट गरेका छन् ।
उनले बिहीबार दिउँसो आयोगको कार्यालय पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेका हुन् ।
नेकपा प्रचण्ड-नेपाल समूहले बहुमत केन्द्रीय सदस्य र सांसदको हस्ताक्षर आयोगलाई बुझाउने तयारी गरिरहेका बेला ओली निकट बस्नेत निर्वाचन आयोग पुगेका हुन् ।
बस्नेतले प्रमुख आयुक्त थपलियालाई प्रचण्ड-नेपाल समूहले पुरानो हस्ताक्षर बुझाउन लागेको र अहिले बहुमत केन्द्रीय सदस्य र सांसद आफूसँग रहेको जानकारी गराएका थिए ।
साथै बस्नेतले नेकपाका बहुमत केन्द्रीय सदस्य र सांसद पार्टी एकताका पक्षमा रहेको जानकारी गराए ।
उनले पार्टी एकताको मर्म अनुसार आयोगले निर्णय गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया