भोजपुरमा ट्याक्टर दुर्घटनाबाट सहचालकको मृत्यु

भोजपुर : भोजपुरको रामप्रसाद राई गाऊपालिका ५ मा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

१८ बर्षीय सहचालक प्रदिप तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान पौने ७ बजे को २त ३६६९ नम्बरको ट्याक्टर रोडबाट अन्दाजी ४० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते सहचालक तामाङको उपचारका क्रममा निधन भएको हो ।

उनलाई स्वास्थ्य चौकी मानेभन्ज्याङमा लगिएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

ट्याक्टर चालक स्थानीय सन्जिब खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

TOP