आज सर्वाेच्चसहित देशभरका सबै अदालत बन्द, नेकपा नामको छिनोफानो कहिले ?

कठमाडौं : आज सर्वाेच्च अदालतसहित देशभरका सबै अदालत बन्द हुने भएका छन्।

पूर्वप्रधानन्यायाधीश सुरेन्द्र प्रसाद सिंहको निधनको शोकमा अदालतहरु बन्द हुने जनाइएको छ ।

पूर्व प्रधानन्यायाधीश सिंहको मंगलबार साँझ निधन भएको थियो ।

अदालत बन्द हुने निर्णयसँगै नेकपा कसको भन्ने विवादको फैसला लम्बिने भएको छ ।

सर्वाेच्च अदालतले आज नेकपाको आधिकारिताबारे निर्णय सुनाउने तयारी थियो ।

शुक्रबार अदालत खुलेपछि नेकपाको विषयको फैसला कहिले आउँछ, थाहा हुनेछ ।

शुक्रबार अदालत खुलेपछि नेकपाको विषयको फैसला कहिले आउँछ, थाहा हुनेछ ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएको विवादमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएपछि बिहीबार फैसला सुनाउने मिति तोकिएको थियो ।

नेकपाका अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ साल जेठ ३ मा एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नाममा निर्वाचन आयोगमा दल दर्ता भएकाविरुद्ध रिट निवेदन दायर गरेका थिए। ।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा उतिबेलै त्यसविरुद्ध उजुरी दिए पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पक्षमा निर्णय गरेको थियो ।

हाल ओली र दाहाल पक्षबीचमा पनि विवाद देखिएका बेला आयोगको यस मुद्धाको फैसला अर्थपूर्ण हुन सक्नेछ ।

आयोगको उक्त निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते रिट दायर गरेका थिए।नाममा तीन वटा राजनीतिक दल खोलिएका छन् ।

प्रतिक्रिया

TOP