यसरी कम गर्न सकिन्छ हृदयघातको जोखिम

अप्रत्यासित रुपमा अपर्झट हुने तत्काल आपतकालिन उपचार हुन नसके ज्यानै समेत जानसक्ने र बाँची हालेपनि जीवनभर परावलम्बि र पराश्रीत हुनु पर्ने हुन्छ।

तर जोखिम र कारकहरुको उचित निदान गरि हटाउन सके उल्ट्याउन पनि सकिने यो रोगकै कारणले संसारभर १ करोड ७७ लाखमानिसहरु प्रत्येक वर्ष मरिन्छन् र मर्नेहरुमा अब पश्चिमेली भन्दा पूर्वेलीहरुकै संख्या ज्यादा छ ।

जोखिम कारक तत्वहरुलाई चिनेर समयमै जीवनशैलि परिवर्तन गरि अमेरिका, क्यानडा, फ्रान्स र अस्ट्रेलियाका रोगीहरुले विगत २५ वर्षमा यो रोगको महामारिलाई ५० प्रतिशतले, फिनल्याण्ड र जापानीहरुले ६० प्रतिशतले घटाएका छन् ।

तर रोगका कारकतत्वहरु संग अनभिज्ञ दक्षिण एशियाका शहरी जनसमुदाएले भने यो रोगलाई ४०० प्रतिशतका दरले बढाएका छन् ।

हृदयघातका कारणाहरू दुइ प्रकारका छन। उल्ट्याउन नसकिने र उल्ट्याउन सकिने

उल्ट्याउन नसकिने कारणहरुः

१) उमेरः ३० वर्ष उमेर पार गरेछि धमनीहरुमा सागुऱयाउने समस्या स्वस्थ्य व्यक्तिमा पनि सुरु हुन्छ र ४० वर्ष कटेपछि तपाइ हामी सबैलाई जोखिममा जाक्दछ ।

२) पुरुष लैङ्गिकताः हृदयघातका ८० प्रतिशत घटना पुरुषहरुमा पाइएकाले वैज्ञानिकहरु पुरुष हुनुलाई पनि हृदयघातको जोखिम मोल्नु मान्दछन् ।

महिलाहरुलाई आस्ट्रोजान नामक हारमोनले र नारी ब्याक्तित्वले हृदयघातबाट बचाउने वैज्ञानिक दावी छ तर महिनावारी सुकेका पाठेघर तथा डिम्बाशयका अपरेसन गरेका गर्भनिरोधक चक्कि खाने र धेरैचोटि गर्भपात गराएका महिलाहरुलाई पुरुष बराबर नै हृदयघात हुने जोखिम रहन्छ ।

३) पारिवारिक इतिहासः हृदयघात अनुवंशिक रोग पनि हो । हृदयघातको इतिहास भएका र यस्ता व्यक्तित्वहरु दुव्ला पातला भएपनि उनिहरुको कलेजोले प्राकृतिक रुपमै धेरै कोलेस्टेरोल बनाउने भएकाले ह्दयरोग लाग्दछ ।

उल्ट्याउन सकिने कारणहरुः

१) उच्च रक्त संयुक्त कोलेस्टेरोलःकोलेस्टेरोल रगतमा पाइने एक किसिमको चिल्लो पदार्थ हो ।

शरिरलाई चाहिने तत्व भएता पनि एसको रक्त मात्र सामान्य (२०० मि.ग्रा./डे.ली ) भन्दा ज्यादा भएमा धमनी सागु¥याउने आथेरोस्क्लेरोसिस् भन्ने रोग लाग्दछ ।

माछा, मासु, अण्डा, दुध, दहि, क्रिम, मख्खन, चीज, बटर, नौनी, जस्ता, प्राणीजन्य चिल्लोमा मात्र कोलेस्टेरोल पाईन्छ, वनस्पति जन्य चिल्लोमा पाईदैन । यसरी प्राणीजन्य चिल्लोबाट प्राप्त कोलेस्टेरोललाई कलेजोबाट अन्य तन्तुमा पु¥याउनु पर्ने हुन्छ ।

कलेजोमा बनेको कोलेस्टेरोललाई रगत भएर ट्रान्सपोट गर्न केहि ट्रान्सपोर्टर प्रोटिनहरु चाहिन्छ । ती प्रोटिनहरुलाई काइलोमाइक्रोन, एलडिएल, भिएलडिएल र एचडिएल प्रोटिन भनिन्छ ।

प्रोटिन युक्त कोलेस्टेरोल वा फ्रि कोलेस्टेरोल रगतमा घुम्दा उपापचयी क्रियाबाट प्राप्त फ्री रेडिकलहरुसंग मिलेर नशालाई घात गर्न सक्ने पदार्थ बनि चिपचिप भई रक्त नलीका भिताहरुमा टासिन पुग्छ र टँीसएको ठाउमा प्रदाहतमक क्रिया सुरु भई ऊक्त स्थानमा कोलेस्ट्रोल क्यालसियम र मृत कोषहरुले बनेको प्लाक नामक नशा सागु¥याउने डल्लो बन्छ र ह्दयरोग लाग्दछ ।

२) उच्चरक्त एलडीएल कोलेस्टेरोलःयो कोलेस्ट्रोलले बोक्ने लिपोप्रोटीन हो । एसलाई खराब कोलेस्ट्रोल पनि भनिन्छ ।

खानामा कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको मात्रा जति धेरै हुन्छ त्यतिनै एलडिएलको मात्रा बढ्छ । ज्यादा भएको एलडीएल चाडै अक्सिडाईज हुनगई प्लाक बनाउछ ।

प्लाक बनाउनुका अलाबा यसले रक्त नलीलाई रिल्याक्स गराऊने इन्डोथेलीयम डिराइभ रिल्याक्सिङ्ग फ्याक्टर को उत्पादन कम गराएर नशाहरुलाई टाइट राखि रहन्छ र नशा साघु¥याउछ ।

३) उच्च भि.एल.डी.एल. कोलेस्ट्रोल : यो लिपोप्रोटिनलाई पनि कलेजोले कोलेस्ट्रोल र तेल (ट्राइग्लिसिराइड) बोक्न बनाउछ ।

ट्राइग्लिसिराइडलाई तन्तुहरुमा अनलोड गरेर आए पछि यो एलडीएल बन्छ । बनेको एलडीएल प्रतिक्रियात्मक भई मुटुरोग लगाउछ ।

४) उच्च रक्त ट्राइग्लिसिराइडः ट्राइग्लिसिराइडलाई बोलचालको भाषामा खानेतेल भनिन्छ पाचन पश्चात ट्राइग्लिसिराईड प्mयाटीे एसीड र ग्लिसरालमा परिवर्तीत हुन्छन् ।

यी फ्याटी एसीड अनस्याचुरेटेड, स्याचुरेटेड र ट्रान्स फ्याटी एसीडका रुपमा शरीरमा अवशोशीत हुन्छन् ।

हृदय स्वास्थ्यका लागी पोली अनस्याचुरेटेड फ्याटलाई अलि राम्रो भने पनि स्याचुरेटेड र ट्रान्स फ्याटी एसीड मुटुका लागी अत्यन्त हानिकारक मानिन्छन् ।

सबै वनस्पति घ्यू (हाईड्रोजेनेटेड याट) र रिफाईन्ड घ्यू तेल, स्याचुरेटेड प्mयाट हुन् । तेललाई धेरै तताउ“दा, अन्य तत्वसंग मिसाउ“दा, उमाल्दा वा ब्याक्टेरीयल फरमेन्टेसन पछि ट्रान्सप् फ्याटी एसीड बन्दछ ।

स्याचुरेटेड र ट्रान्स फ्याटी एसीडको सेवनले एलडीएल र भिएलडीएल बढ्ने र एचडीएल घट्ने भएकाले तेलको अति तथा अप्राकृतिक उपयोग पनि मुटुरोगको कारण बन्न पुग्दछ ।

५) निम्न रक्त एचडीएल कोलेस्ट्रोलः यसलाई राम्रो कोलेस्ट्रोल पनि भनिन्छ । यसले फ्रि कोलेस्ट्रोललाई रगत र अन्य तन्तुबाट पक्रेर कलेजोमा ल्याई विसर्जन गरी रगतको कोलेस्ट्रोल स्तर कम गर्न मदत गर्दछ र मुटुरोग लाग्नबाट बचाऊछ ।

६) उच्च टोटल कोलेस्ट्रोल र एचडीएल अनुपातः यो अनुपात मुटुरोगको महत्वपुर्ण सुचानांक हो । यो अनुपात ज्यादा भएमा मुटुरोगको उच्च जोखिम रहन्छ ।

७) उच्च रक्तचापः रक्त नलिमा रगत बग्दा रगतले रक्त धमनीहरुमा दिएको अतिरिक्त दवावलाई रक्तचाप भनिन्छ ।

लामो समय सम्म रगतले रक्त नलीको भित्तामा दवाव दिदा धमलीहरुको भित्री पत्र (इन्डोथेलियम) क्षति ग्रष्त भई उक्त भागमा कोलेस्ट्रोल जम्ने र प्लाक बन्ने क्रिया द्रुत गतिमा हुन पुग्छ ।

८) मधुमेहः मधुमेह हुदा बढेको ग्लुकोजले स साना रक्तनलीहरुलाई क्षतिग्रस्त गर्ने र कोषहरुको कोलेस्ट्रोल ग्रहण गर्ने क्षमता कम गरी दिनेहु“दा नसालाई क्षतिग्रस्त हुन र कोलेस्ट्रोल बढ्न मदत गर्दछ । यसो हु“दा रक्तनलीहरुमा चाडै बोसो जमी हृदयरोग लाग्दछ ।

९) मोटोपनः भोजन बाट प्राप्त वा शरीरमा आफै बनेको चिल्लो पदार्थ उर्जामा परिवर्तीत हुन नसकि तौल बढी बडीमास सुचांक, ३० के.जी प्रति वर्ग मिटर भन्दा धेरै भएको अवस्थालाई मोटोपन भनिन्छ । मोटोपन भएकाहरुको बोसो तन्तुले र एडिपोकाइन्स भन्ने केमिकल उत्पादन गर्दछ जस्लाई मुटुरोगको कारक मानिन्छ । साथै मोटोपनले मुटुरोगका अन्य जोखिमहरुलाई पनि बढाउने हुदा“ मोटो मान्छे मुटुरोगको सिकार हुन पुग्दछ ।

१०) निश्क्रीय जिवन : मुटुरोगले श्रम र ब्यायाम नगरि निश्क्रीय जिवन जिउनेहरुलाई ज्यादा मन पराउदछ । निश्क्रिय जिवन जिउदा मुटु तथा रक्तनलीलाई ब्यायाम हुन सक्दैन । ब्यायाम र श्रमबाट भाग्दा कोलेष्ट्रोलको रक्तस्तर, सुगरको रक्तस्तर र शारिरिक तौल घटाउन सकिदैन । फलत मुटुरोग चाडै लाग्ने सम्भावना रहन्छ ।

११) धुम्रपान तथा सुर्ती सेवन : धुम्रपान नगर्नेलाई भन्दा गर्नेलाई मुटुरोग लाग्ने खतरा ४०० प्रतिशत ज्यादा रहन्छ । सुर्तीमा रहेका बिषहरुले रगतको कोलेष्ट्रोललाई अक्सीडाइज गर्न मद्दत गर्दछ ।

धुम्रपानले पु¥याऊने क्षती ब्यक्तिले लिएको चुरोटको संख्यासंग सिधै निर्भर रहन्छ । जसलाई सिगरेट स्कोर भनिन्छ । जर्दा सुर्ति, पान मसाला खैनी नश, गुल, बज्जर, हुक्का, कंकड जस्ता सुर्तीजन्य पदार्थहरुको पनि हृदयरोग कारणहरु हुन ।

१२.मानसिक तनावः वैचारीक ओहापोहाले उत्पन्न भएको मानसिक तथा शारिरिक असहजतालाई तनाव भनिन्छ । तनावले रक्तचाप, रक्त सुगर, हृदयको गती, कोलेष्ट्रोल, बोसो लग्ने क्रिया, खुनु जन्ने क्रियालाई बढाउछ । यसरी सबै जोखिमहरु बढ्दै जादां हृदयरोग लाग्छ ।

१३. खानामा चोकर र रेसा, भिटामिन र एण्टीअक्सीडेण्टहरुको कमीः रेसा र चोक्करयुक्त खानाले बिषाक्त तत्वहरुलाई अवशोषण गरि नशामा बोसो जम्न दिदैन । भिटामिन, खनिज, एण्टीअक्सीडेण्ट, र अन्य सुक्ष्म पोषक तत्वहरुले पनि हृदयरोगबाट बचाऊछ ।

भिटामिन ए, भिटामिन सि र भिटामिन इ नशाको भित्रीपत्रलाई स्वस्थ राख्न आवश्यक पर्दछ । मुटुलाई चाहिने अन्य पोषकहरुमा केही धातु र खनिज तत्वहरु पर्दछन । यसका अलावा एण्टीअक्सीडेण्टको पनि उत्तिकै महत्व छ ।

एण्टी अक्सीडेण्टले अक्सीडेण्टीव प्रतिक्रिया हुन नदिएर नशालाई क्षति ग्रस्त हुन बाट बचाउछ ।

१४. टायप “ए” ब्यक्तित्वमुटुरोगले टायप “ए” ब्यक्तित्व भएकाहरुलाई धेरै मन पराऊछ ।

टायप ए ब्यक्तित्व भएका ब्यक्तिहरु अधैर्यवान, सधै तनावमा रहन,े इख राख्ने, बैरत्व लिने, आफ्नो हठ र अडानहरु छाड्न नसक्ने सधै हतारमा रहने, समयको अक्षरसः पालना गर्ने, पुर्वाग्ग्रही, आलोचक, अभद्र ब्यवहार गर्ने, इश्र्यालु, अरुलाई दबाएर राख्ने, प्रतिसपर्धि, अहंकारी र प्रतिक्रिया वादी हुन्छन् । यस्ता ब्यक्तित्वहरुले हृदय तथा रक्तनली कमजोर बनाउछ ।

१५. मदिरापान: रक्सीमा भएको एल्डीहाइडले बोसो लाग्न मद्दत गर्छ जो मुटुमैत्री हैन । रक्सीले खाली क्यालोरी पनि दिन्छ । रक्सीले कलेजो आन्द्रा भुंडी तथा मस्तिस्क तथा अन्य कोमल अंगहरुलाई पनि क्षति पु¥याउने हुदाँ त्यसको भार पनि मुटुले ब्यहोनुपर्छ फलत मुटु रुग्ण हुन्छ ।

(लेखक नेपाल ह्दयरोग निवारण प्रतिष्ठानको केन्द्रीय सदस्य हुन)

प्रतिक्रिया

TOP