निर्वाचन आयोगको सुस्तताप्रति पूर्वप्रमुख आयुक्तहरुको असन्तुष्टि, ‘आयोगको निर्णय क्षमतामा प्रश्न उठ्नु दुर्भाग्य’

काठमाडौं : नेकपाको आधिकारीता विवाद टुंग्याउन निर्वाचन आयोगले गरिरहेको ढिलाईप्रति पूर्व प्रमुख आयुक्तहरुले असन्तुष्टि जनाएका छन् ।

बुधबार पाँच पूर्व प्रमुख आयुक्तहरुले संयुक्त विज्ञप्ति जारी गर्दै नेकपाको विवादबारे चाडो निकास दिन आयोगलाई आग्रह गरेका हुन् ।

उनीहरुले नेकपाको आधिकारीता विवादलाई लम्ब्याउन नहुने राय दिएका हुन् ।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले आयोगको निर्णय क्षमता र स्वायत्ततामा उठेको प्रश्नले आफूहरुलाई गम्भीर बनाएको बताएका हुन् ।

‘आयोग अनिर्णयको बन्दी बन्दा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गम्भीर्यता तथा आयोगको आफ्नो शाखमा पर्न सक्ने असरलाई विचार गरी प्रचलित कानून र स्थापित नजीरका आधारमा समेत यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोगसमक्ष आग्रह गर्दछौं’ वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया

TOP