
काठमाडौं : संसद बैठकलाई मध्यनजर गरेर प्रतिनिधि सभाका सांसदहरुले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
फागुन २३ गते प्रतिनिधिसभा बैठक बस्दैछ ।
कोरोना संक्रममणलाई मध्यनजर गरेर संसद सचिवालयले सबै सांसद, संसद सचिवालयका कर्मचारी, स्वकीय सचिव र सुरक्षाकर्मीलाई कोरोना खोप लगाउने व्यवस्था गरेको हो ।
सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, सांसद, संघीय संसदका कर्मचारी, मर्यादापालक र संसद भवन बानेश्वरमा कार्यरत कर्मचारीलाई कोरोना खोप लगाइएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पनि बुधबार कोरोना खोप लगाएका छन् ।
निजामति अस्पताल मीनभवन पुगेर देउवाले कोरोना खोप लगाए ।
कोरोना खोप लगाउँदै सभापति देउवाले कोरोना महामारी अझै अन्त्य भइनसकेकाले आवश्यक सचेतना अपनाउन आग्रह गरेका छन् ।
उनले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायम गर्न अपील गरेका हुन्।
साथै देउवाले आफ्नो पालो अनुसार कोरोनाविरुद्धको खोप लगाउन पनि सबैलाई सुझाव दिए ।
कांग्रेस सभापति देउवाले नेपालमा कोरोना संक्रमण सुरु हुनु अघि देखि नै आवश्यक सतर्कता अपनाउन सरकार र आमनागरिकलाई सुझाव दिँदै आएका छन् ।
प्रतिक्रिया