झापामा ट्रकको ठक्करबाट २ को मृत्यु, ४ घाईते

झापा : झापा कनकाई नगरपालिका ४ स्थित पुर्व-पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा २ जनाको मृत्यु र ४ जना घाईते भएका छन् ।

आज दिउसो साढे ३ बजे को १ ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट आउदै गरेको प्र १-०१-००१ च ०१६७ नम्बरको कार र प्र १-०१-०१३ प १७८३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ कारमा सवार सुनसरी धरान -१६ का २८ बर्षीय चालक दिपक क्षेत्री र सोलु पासाङ -१ का ३० बर्षीय दिलिप राना मगर गम्भिर घाईते भई उपचारको क्रममा ५ बजे मृत्यु भएको छ ।

कारमा सवार दिलिप राना मगरको श्रीमती ३० बर्षीय अन्जु मगर, सोही स्थान बस्ने ३० बर्षीय सुरेश मगर र मोटरसाईकलमा सवार झापा शिवसताक्षी २ का ३९ बर्षीय ज्ञान बहादुर कसाई र मोटरसाईकल पछाडी सवार निजकै श्रीमती ३० बर्षीया सोनम श्रेष्ठ घाईते भएका छन् ।

घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्रक, ट्रक चालक मोरङ विराटनगर-१५ बस्ने प्रेम बहादुर वाईबा प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

TOP