सुवास नेम्वाङदेखि सूर्य थापासम्म कारवाहीमा, गोकुलको कारवाही तत्काललाई टर्‍यो

काठमाडौँ : नेकपा कम्यूनिष्ट पार्टी नेकपा कानुनी रुपमा विभाजित भइसकेको छैन । तर दुई पार्टीका रुपमा सांगठनिक रुपमा गतिविधि भने सञ्चालन भइरहेका छन् ।

एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओली गरेका छन् भने अर्काे समूह पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपालको नेतृत्वमा छ ।

दुई समूहले आफूलाई नै आधिकारिक नेकपा भएको दावी गर्दै आएका छन् । एकले अर्का समूहका नेतालाई कारवाही गर्ने सिलसिला जारी छ ।

केही दिन ओलीले संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई जिम्मेवारीबाट हटाएको थियो । बुधबार बसेको प्रचण्ड नेपाल समूहले ओली पक्षका आधा दर्जन नेतालाई कारवाही गरेको छ ।

उक्त समूहले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने निर्णय गरेको छ भने नेम्बाङलाई तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न निर्देशन दिएको छ ।

त्यस्तै प्रमुख सचेतकको जिम्मेवारी पाएका ओली निकट विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

सहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, कर्ण थापा, शान्ता चौधरीलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको छ ।

पितृशोकमा रहेका कारण गोकुल बाँस्कोटालाई तत्काल केन्द्रीय सदस्यबाट हटाउने निर्णय स्थगित भएको छ ।

प्रतिक्रिया

TOP