प्रधानमन्त्री बन्न मरिहत्ते गरिदैन, जिम्मेवारी आए भागिन्न : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सरकारमा जान मरिहत्ते नगर्ने स्पष्ट पारेका छन् ।

उनले कांग्रेसको प्राथमिकतामा सरकार नभएको बताए ।

तर सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आए आफू जिम्मेवारीबाट नपन्छिने स्पष्ट पारेका हुन्।

बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’

प्रतिक्रिया

TOP