सरकार र विप्लव समूहबीच वार्तामा के भयो कुराकानी ?

काठमाडौँ : सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच पहिलो पटक वार्ता भएको छ ।

दुई पक्षबीच प्रधानमन्त्रीको निवास बालुवाटारमा बुधबार औपचारिक रूपमा वार्ता सुरु भएको हो ।

सरकारी पक्षका वार्ता टोली सदस्य राजन भट्टराईले पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिएका छन् ।

वार्तामा भट्टराईसहित गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी थिए।

https://nepalmanch.com/2898/ : यो पनि पढ्नुहोस्

गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले आजको वार्तामा आगामीका वार्ताका लागि मोडालिटीसम्बन्धी प्रारम्भिक छलफल भएको बताए ।

यससँगै नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयसँग थुनामा रहेका विप्लव समूहका नेतारकार्यकर्ताको विस्तृत विवरण झिकाएर अर्को चरणमा थप छलफल गरिने बताइएको छ ।

विप्लव निकट एक नेताका अनुसार बुधबारको वार्तामा दुवै पक्षबीच एउटा मुद्दामा सहमति बनेको छ।

सरकारको प्रस्ताव वैधानिक तथा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने भन्ने थियो । तर, वैधानिकभन्दा पुरानै संसद, यो संविधानलाई मान्नु पर्ने हुन्छ ।

त्यही भएर वैधानिक शब्द हटाएर शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने भन्नेमा सहमति भएको बुझेको छु,’ ती नेताले भने ।

चन्द समूहले मंगलबार प्रवक्ता विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली सार्वजनिक गरेको थियो ।

चन्द समूहले जेलमा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने, पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायत सर्त अघि सारेको छ ।

प्रतिक्रिया

TOP