२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
प्रधानमन्त्री निवास बालुवाटारमा भेटिए विप्लव समूहका दुई शीर्ष नेता
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन १९ बुधबार
  •  
  •  
  •  
  •  

102

काठमाडौं : सरकारले प्रतिबन्ध लगाएपछि भूमिगत रुपमा राजनीति गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहका दुई शीर्ष नेताहरु बालुवाटारमा सार्वजनिक भएका छन् ।

हिंसात्मक राजनीति गरेको भन्दै सरकारले विप्लव समूहमाथि प्रतिवन्ध लगाएको थियो । राजनीतिक प्रतिबन्ध पछि विप्लव समूह भूमिगत बनेको थियो ।

दुई वर्षपछि विप्लव समूह र सरकारबीच वार्ता हुने भएपछि विप्लव समूहका शीर्ष नेताहरु काठमाडौंमा

सरकार र विप्लव समूहबीच वार्ताको पहल भएपछि विप्लव समूहका दुई शीर्ष नेताहरु सार्वजनिक भएका हुन ।

विप्लव समूहले मंगलबार प्रवक्ता खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय वार्ता कमिटी गठन गरेको थियो ।

सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । समिति सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई छन् ।

सरकारसँग वार्ताका लागि विश्वकर्मा र चलाउने काठमाडौं आएका हुन् । दुई पक्षबीच बुधबार बिहान बालुवाटारमा वार्ता भएको हो । वार्ता सकारात्मक रहेको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

यसअघि प्रहरीले विप्लव समूहका नेता कार्यकर्तालाई धरपकड गर्दै आएकोमा यसपटक भने वार्ताका लागि काठमाडौं आएका विश्वकर्मा र चलाउनेलाई बालुवाटारमै सरकारले स्वागत गरेको हो ।

भर्खरै