
काठमाडौं : सरकार र विप्लव समूहबीच प्रधानमन्त्री निवास बालुवाटारमा शान्ति वार्ता सुरु भएको छ ।
आज बिहान नौ बजेपछि दुबै पक्षबीच वार्ता सुरु भएको हो ।
सरकारसँग वार्ता गर्न विप्लव समूहको तर्फबाट गठित वार्ता टोली मंगलबार साँझ नै काठमाडौं आइसकेको थियो ।
विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको हो ।
सरकारले मंगलबार मात्रै गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको घोषणा गरेको थियो ।
सरकारकातर्फबाट बादलसँगै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन् ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले विप्लवसँगको वार्ता छिट्टै टुंगोमा पुग्ने विश्वास गरे ।
प्रतिक्रिया