
काठमाडौं : आज सांसदलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।
प्रतिनिधि सभा बैठक बस्नुअघि सांसदहरुलाई कोरोना खोप लगाउने संसद सचिवालयले जनाएको छ ।
फागुन २३ प्रतिनिधि सभा बैठक बस्दैछ ।
सचिवालयका अनुसार आज सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, सांसद, संघीय संसदका कर्मचारी, मर्यादापालक र संसद भवन बानेश्वरमा कार्यरत कर्मचारीलाई कोरोना खोप लगाइने छ ।
फागुन २० गते संसद सचिवालयका कर्मचारी, सांसदका स्वकीय सचिव र सुरक्षाकर्मीलाई खोप लगाइने कार्यतालिका छ भने फागुन २१ गते संसद बानेश्वरका सबै कर्मचारी र छुटपुट भएका सबैलाई कोरोना खोप लगाइने सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम सर्वाेच्च अदालतले खारेज गरेपछि सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद बैठक आह्वान गरेकी हुन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा अधिवेशनका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।
राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजिम प्रतिनिधि सभा बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सर्वाेच्चले फागुन १ गते संसद पुनस्र्थापनाका पक्षमा फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको थियो ।
सर्वाेच्चको फैसला अनुसार नै सरकारले प्रतिनिधि सभा अधिवेशन बोलाएको हो।
सरकारले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै बैशाखमा दुई चरणमा मध्यावधि निर्वाचनको मिति घोषणा गरेको थियो ।
प्रतिक्रिया