नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं : नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

दुई दिन अघि बसेको सचिवालय बैठकको निर्णय अनुसार केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बैठकमा संसद पुनर्स्थापनापछिको विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बुझिएको छ ।

२३ गते संसद बैठकसमेत आह्वान भैसकेकोले पनि कसरी प्रस्तुत हुने विषयमा केन्द्रीय समितिबाट रणनीति तय गर्ने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएकोले उनीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

TOP