
झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले जति राम्रो गर्दा पनि आलोचना गर्नेहरुको कमी नभएको बताएका छन् । तर उनले आलोचना गर्नेबाट आफू नडराएको बताए ।
पशुपतिनाथमा सुनको जलहरी राख्दा आलोचना भएको प्रसंग उल्लेख गर्दै आफूले भ्रष्टाचार गर्न सुनको जलहरी नराखेको स्पष्ट पारे ।
विश्वका हिन्दुहरुको आस्थाको केन्द्र, सनातन धर्मावलम्बीको आस्थाको केन्द्र, नेपाली जनताले मानेको आराध्यदेव शिवको मन्दिरमा सुनको जलहरी राख्दा आलोचना भएकोमा आश्चर्य व्यक्त गरे ।
‘उहिले नै चाँदी राखिएको थियो, त्यसको पाप्रो मात्र बाँकी छ,’ उनले भने, ‘त्यो ठाउँमा १०८ किलोको सुनको जलहरी राख्दा आलोचना गर्नेहरु पनि छन् । मैले भ्रष्टाचार गर्न सुन दिएको होइन । श्रीमतिलाई गहना किन्न दिएको होइन । पशुपतिनाथलाई दिएको हो ।’
उनले ‘सुखी नेपाली-समृद्ध नेपाल’को गन्तब्य पुरा गर्न सरकार सक्रिय रहेको बताए ।
प्रतिक्रिया