बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० कालाबन्जरका ६५ वर्षीय लालबहादुर चौधरीको शव जंगलमा फेला परेको छ।

सोमबारदेखि हराइरहेका उनको शव जंगलमा फेला परेको हो। भैंसी गोठाला गएका उनलाई बाघले आक्रमण गरेको आशंकामा खोजी गरिएको थियो।

राजापुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष दयाशंकर थारूका अनुसार बाघले घाँटी र कम्मरलगायत शरीरका अंगमा चिथोरेको अवस्थामा शव फेला परेको थियो।

प्रतिक्रिया

TOP