नेकपाको आधिकारीता आफूले पाइसकेको प्रचण्डको दावी, ओली फेरी पराजित हुने घोषणा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आधिकारिकता आफूहरुले पाइसकेको दाबी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले आयोगले आफूलाई आधिकारीता दिनेमा आफू विश्वस्त रहेको बताए ।

उनले निर्वाचन आयोगसँगको छलफल, कुराकानीका आधारमा आफू यो निष्कर्षमा पुगेको बताए।

‘सर्वाेच्चपछि अब निर्वाचन आयोगाबाट पनि ओलीको हार हुन्छ,’ उनले भने , ‘ओली सबैतिर नांगेझार भइसक्दा पनि लुगा लगाएर हिँडेको भान पारिरहेका छन् । म नै आश्चर्यमा छु ।’

अध्यक्ष प्रचण्डले केही दिनभित्रै नयाँ सरकार गठन हुने र ओली वहिर्गमन हुने जिकिर पनि गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

उनले संसारभरको नियम, नैतिकताविपरीत ओली हिँडेको उनलेब बताए ।उनले भने “राजीनामा दिनु त कता हो कता अझै देखाइदिन्छु भन्दै हिँड्नु भएको छ,”

उनले अदालतप्रति भरोसा भए पनि केपी ओलीको कदमविरुद्ध जनता साथमा लिएर संघर्ष गर्नुपरेको बताए ।

उनले ओली षड्यन्त्रकारी भएको दोहोर्‍याए ।

कम्युनिस्ट आन्दोलनलाई समाजवादमा संक्रमण गर्न पार्टी एकता गरेको तर ओली प्रतिगमनतिर फर्किएको बताए ।

प्रतिक्रिया

TOP