
काठमाडौं : प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते बोलाइएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २३ गते दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभा अधिवेशनका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
यसअघि पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।
सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनको कदमलाई खारेज गर्दै संसद आह्वान गर्न सरकारलाई आदेश दिएको थियो।
फागुन ११ गते संसद पुनर्स्थापना गर्दै सर्वाेच्चले १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको हो।
सर्वाेच्चको आदेश अनुसार राष्ट्रपतिले संसद अधिवेशन आह्वान गरेकी हुन् ।

प्रतिक्रिया