सुन प्रतितोला चार सयले बढ्यो, एक तोलाको मूल्य कति ?

काठमाडौं : सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ८८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ८८ हजार २५० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ८८ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

तेजावी सुनको भाउ तोलाको ८७ हजार ८५० सय रुपैयाँ निर्धारण भएको थियो ।

चाँदीको भाउ प्रतितोला १३ सय २५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

TOP