
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो एक वर्षमा एकदिन मात्रै सिंहदरवार पुगे । त्यो पनि एकैछिनका लागि ।
राष्ट्रिय पुननिर्माणमा प्राधिकरणले भूकम्पले मक्किएको सिंहदरवारको मुख्य भवनलाई प्रवलीकरण गरेपछि त्यसको उद्घाटन गर्न ओली त्यहाँ पुगेका थिए ।
भवन उद्घाटन गरे र फर्किए । धेरैको विश्वास थियो, प्रधानमन्त्री ओली अब नियमित सिंहदरवार जानेछन् ।
प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाटै सरकार सञ्चालन गरिरहेका छन् ।
उनको कार्यालय सिंहदरवारमा हो । तर मन्त्रिपरिषद् बैठक देखि सरकारका सबै कामकाज उनी सरकारी निवासबाटै गर्दै आएका छन् ।
आफ्नै कार्यालय जान नचाहिरका प्रधानमन्त्री ओली भने दिनहुँ जसो विभिन्न जिल्लामा पुगिरहेकै छन् ।
पश्चिम कञ्चनपुरदेखि पूर्व झापासम्म प्रधानमन्त्री पुगिसकेका छन् । पार्टीको कार्यक्रम होस्, अन्य सिलान्यासका नाममा होस्, ओलीको काठमाडौं बाहिरको यात्रा रोकिएको छैन ।
प्रधानमन्त्री ओली आज पोखरा जाँदैछन्। संसद पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतको फैसलापछि पोखरामा आज विशाल जनसभा गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित भइसकेको छ ।
तर ओली प्रदेशस्तरीय पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् । साथै विभिन्न आयोजनाको सिलान्यास र निरीक्षण गर्ने कार्यक्रम रहेको बालुवाटारले जनाएको छ ।
देश दौडाहामा निस्किरहने प्रधानमन्त्रीलाई सिंहदरवार किन टाढा बनेको होला ?
आमसर्वसाधारण मात्र होइन, उनकै क्याविनेटका मन्त्रीहरु पनि अचम्म मानिरहेका छन् ।
प्रतिक्रिया