आन्दोलनकारीमाथि सेनाले गोली चलायो, १८ जनाको मृत्यु

म्यानमारमा सैनिक ‘कु’ विरुद्ध जारी आन्दोलनमा त्यहाँको सेनाले गोली चलाएको छ ।

सेनाको गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु भएको संयुक्त राष्ट्र संघले पुष्टि गरेको छ । ३० जना भन्दा बढी घाइते भएका छन्।

आजको दिनलाई राष्ट्र संघले म्यानमारमा सेनाविरुद्ध भइरहेको प्रदर्शनको सबैभन्दा घाततक दिन भनेको छ ।

जननिर्वाचित सरकारलाई अपदस्थ गरेर सेनाले शासन सत्ता आफ्नो हातमा लिएपछि त्यसको विरोधमा म्यानमारको राजधानीलगायत प्रमुख शहरमा दिनहुँ विशाल प्रदर्शन भइरहेका छन् ।

सेनाले नेतृ आङ सान सुकीलगायत शीर्ष नेताहरुलाई नियन्त्रणमा राखेको छ ।

प्रदर्शनकारीमाथि सेना र प्रहरीले रबरका गोली, अश्रुग्यास र पानीका फोहोरा हान्ने गरेका छन् ।

व्यापक सैन्य परिचालन र धरपकडका बीच पनि म्यानमारमा सेनाविरुद्धको प्रदर्शन रोकिएको छैन ।

यङ्गुन, डावेई र मङ्डालेमा सेनाको गोली लागेर प्रदर्शनकारी मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

म्यानमारमा सेनाले गत १ फेब्रुअरीमा तत्कालीन राष्ट्रपति र आङ सान सु चीको नेतृत्वमा रहेको सरकार अपदस्थ गरी सैनिकले सत्ता हातमा लिएको थियो ।

प्रतिक्रिया

TOP